images
images
  • सेयरधनीका लागि एचआईडीसीएलले गर्‍यो लाभांश घोषणा

    काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

    साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images