काठमाडौं – नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९० हजार पाँच सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तीन हजार आठ सय रुपैयाँ घटेको हो । यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको थियो ।
यससँगै दुई दिनमा सुनको भाउ प्रतितोला आठ हजार आठ सय रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य पनि घट्यो
मंगलबार चाँदीको मूल्यसमेत घटेको छ । सोमबार प्रतितोला चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक सय १५ रुपैयाँले घटेर चार हजार तीन सय ९५ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित हुने गरेको छ ।


विश्व खबर 

















