images
images
  • तीन कम्पनीको शेयरमूल्य समायोजन, आजदेखि नयाँ मूल्यमा कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

    नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरिएको हो ।

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरूले शेयरधनी दर्ता पुस्तिका बन्द गरेपछि नेप्सेले सम्बन्धित कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    शेयरमूल्य समायोजनपछि कायम भएको नयाँ मूल्यका आधारमा मंगलबारदेखि नै यी तीनवटै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

    लाभांश तथा साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द भएपछि शेयरमूल्यमा हुने समायोजनलाई नेप्सेले नियमित प्रक्रियाअन्तर्गत गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images