images
images
  • बालेनका सल्लाहकार कुमार बेनको नाममा रविकी कर्मचारीले ठगेको करोडौं रकम कांग्रेस नेतालाई बुझाएको खुलासा

    काठमाडौं– प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम लिँदै इजरायल पठाइदिने प्रलोभनमा पारी करोडौं रकम ठगी गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छन् ।

    पत्रकार बालिका सिवाकोटीले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ कांग्रेस नेता तथा सोही प्रकरणका अर्का आरोपित भरत चौलागाईंलाई बुझाएको खुलासा गरेकी छन् ।

    हाल प्रहरी हिरासतमा रहेकी सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई दिएको बयान दिएकी हुन् ।

    सिआइबी स्रोतका अनुसार काठमाडौंको गौशालामा भेटेर उक्त रकम बुझाएको उनको दाबी छ ।

    रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया तत्कालीन ग्यालेक्सी टिभीमा कार्यक्रम प्रस्तोता बालिका सिवाकोटी असोज २ गते पक्राउ परेका थिए ।

    उनलाई तत्कालीन उक्त टिभीका प्रवन्ध निर्देशक एवं सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले भर्ना गरेका थिए ।

    उनीहरूमाथि नेपाल र इजरायल सरकारबीच भएको ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जिटुजी) सम्झौताअनुसार सन् २०२४ मा लिइएको परीक्षामा सहभागी परीक्षार्थीमध्ये ‘लक्की ड्र’मा नपरेका व्यक्तिलाई पनि इजरायल पठाइदिने विश्वास दिलाई १५६ जनाबाट जनही ६ लाख २० हजारका दरले साढे २ करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ ।

    रकम बुझाएर पनि काम नभएपछि पीडितहरूले ताकेता गरेका थिए ।

    आरोपितहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरेको बताइएको छ ।

    बालिकाले ‘कुमार बेनलाई मिलाएका छौं’ भनेर आफूहरूलाई आश्वस्त पारेको पीडितहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images