काठमाडौं – चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको लाभांश सुरक्षित गर्ने असोज १३ गते मंगलबार अन्तिम दिन हो ।
यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।
यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने शेयरधनीले सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन तथा कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
शेयरधनी दर्ता पुस्तिका बन्द हुने दिनलाई ध्यानमा राख्दै लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ताले आजसम्म शेयर खरिद गरिसकेको हुनुपर्नेछ ।
असोज १४ गतेदेखि भने यी कम्पनीको शेयर कारोबार भए पनि सो दिनपछि शेयर खरिद गर्ने लगानीकर्ता सम्बन्धित लाभांशका लागि योग्य हुने छैनन् ।


विश्व खबर 















