images
images
  • ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश दिने

    काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    लघुवित्तको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको लघुवित्तले जनाएको छ ।

    सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

    लाभांश वितरणपछि लघुवित्तको चुक्ता पूँजी संरचनामा समेत परिवर्तन आउनेछ । साधारण सभाको मिति तथा लाभांश प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने मिति भने कम्पनीले पछि सार्वजनिक गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images