images
images
  • १००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा, के छन् विशेषता ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले १००० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।

    साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १००० रुपैयाँको नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

    आज जारी सूचना अनुसार नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ ।

    दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ ।

    त्यस्तै, सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा, अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्रसमेत राखिएको छ ।

    नयाँ १००० रुपैयाँको नोटको पछाडिको मुख्य आकर्षणकारूपमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ ।

    नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ को सिरिज उल्लेख गरिएको छ ।

    हेर्नुहोस् राष्ट्र बैंकको सूचना–

    820155777 2637724526697410 5653320799895549982 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images