images
images
  • परराष्ट्रमन्त्री र सल्लाहकार कुमार बेनलाई नटेरेपछि अर्थमन्त्रीले मिलाए प्रम बालेनको भारत भ्रमण

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह मंसिरको पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

    प्रधानमन्त्री बनेको आठ महिनापछि हुन लागेको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो ।

    शपथग्रहणलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।

    उच्च कूटनीतिक स्रोतका अनुसार भ्रमण ७ र ८ मंसिरमा हुने गरी तयारी भइरहेको छ ।

    मिति एक–दुई दिन तलमाथि भए पनि मंसिर पहिलो साता भ्रमण तय भएको स्रोतले जनाएको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा विदेशमन्त्री डा.एस जयशंकरसँग प्रधानमन्त्रीको भ्रमणबारे छलफल भएको थियो ।

    भ्रमणमा केही रणनीतिक महत्त्वका परियोजनामा सहमति गर्ने तयारी छ ।

    भ्रमणका क्रममा भारतीय सहयोगमा निर्मित नेपाल प्रहरी एकेडेमी, भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) र दार्चुलास्थित महाकालीमा पुल उद्घाटन गर्ने तयारी छ ।

    सुदूरपश्चिमको दोधारा–चाँदनीमा आईसीपीको शिलान्यास पनि दुवै प्रधानमन्त्रीले गर्ने तयारी छ ।

    यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल वार्ता र सल्लाहकार कुमार बेनको गोप्यभेटले भ्रमणको समय मिल्न सकेको थिएन ।

    तर, केही दिन पहिले अर्थमन्त्री स्वर्णिम वाग्ले भारत पुगेपछि प्रधानमन्त्री बालेनको भ्रमणको समय तय भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images