images
images
  • भीम रावल बनाइदिने धम्कीले डराए विष्णु–शंकर, बाँचुञ्जेल ओलीको नेतृत्व स्वीकार्न बाध्य

    काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा सहमति जनाएका छन् ।

    उपाध्यक्ष पौडेलले प्रतिवेदनको भावना सही रहेको र यसमा समेटिएका १५ योजनाअनुसार अगाडि बढ्नुपर्ने बताए ।

    महासचिव पोखरेलले पनि अध्यक्षको प्रतिवेदन ठिक रहेको भन्दै यसलाई संश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए ।

    उनले आफू अध्यक्ष हुन नखोजेको र अध्यक्षलाई हटाउन पनि नखोजेको स्पष्टीकरण दिए ।

    उनले उक्त स्पष्टिकरण दिए पनि ओलीले विष्णु–शंकरलाई पार्टीबाट निष्कासन गर्ने धम्की दिएको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार ओलीले यी दुवै नेतालाई भीम रावल बनाइदिने समेत धम्की दिएका थिए ।

    भोलि सचिवालय बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक राख्ने पनि महासचिव पोखरेलले जानकारी दिए ।

    ललितपुरको भनिमण्डलमा केन्द्रीय कमिटी बैठक जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images