images
images
  • सीएसटीओ सम्मेलनमा सोभियत गणराज्यको ध्यान, झन् शक्तिशाली बन्दैछन् पुटिन

    काठमाडौं- सोभियत सङ्घको विघटन र ढलेको बर्लिनको पर्खाललगायत विषय अहिले पनि धेरैले सम्झने गरेका छन् । हो, नोभेम्बर ११ का दिन रुसको मस्कोमा कलेक्टिभ सेक्युरिटिज ट्रिटी अर्गनाइजेसन (सीएसटीओ) को सम्मेलन आयोजना हुँदैछ । सो सम्मेलन सोभियत सङ्घको विघटनपछि रुसको भूमिका महत्त्वपूर्ण रहने पहिलो सैन्य सङ्गठन हो ।

    सोभियत सङ्घ ब्युँताउने प्रयास यसै सम्मेलनमा हुने कुरालाई भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरिसकेका छन् । पश्चिमका धेरै देशले पुटिनले नाटोमा आक्रमण गर्ने योजना बनाएको दाबी गरे पनि उनले यसलाई अस्वीकार गरेका छन् । यसका बाबजुद विश्व सैन्य गतिविधि र अहिलेको परिप्रेक्ष्यमा यो सम्मेलन महत्त्वपूर्ण हुनसक्छ ।

    सन् २०२४ को फेब्रुअरीदेखि सो ब्लकमा आर्मेनियाको सहभागिता रोकिएको छ । अजरबैजानसँगको युद्धमा पराजयको सामना गरेपछि आर्मेनियाले बहिष्कार गरेको हो । यस सैन्य सङ्गठनको स्थापना नै एक देशलाई अर्को देशबाट बचाउने भन्ने थियो । परन्तु स्थापनाकालको सो मान्यतालाई कुल्चेर आवश्यक रहेको समयमा आफूहरूलाई कसैले पनि सहयोग नगरेको आर्मेनियाको गुनासो छ ।

    CSTO Summit 2024

    यस सम्मेलनमा हुने छलफलले आगामी दिनमा आर्मेनियाको उपस्थितिका बारे धेरै कुरा तय गर्नेछ । आर्मेनियाका प्रधानमन्त्री निखिल पायसनले सीएसटीओमा आफ्नो देशको सहभागिता अन्योलको विषय नै भएको बताएका छन् ।

    कुनै समय आर्मेनियाली आदिवासीको नियन्त्रणमा रहेको नागोर्नो काराबाखका लागि अजरबैजान र आर्मेनियाको युद्ध भएको थियो । रुसमात्र होइन, मध्य एसियामा रहेको सो सङ्गठनका सदस्य काजकिस्तान, किर्गिस्तान र ताजकिस्तानले पनि सो समयमा कुनै चासो देखाएनन् ।

    त्यसो त मस्कोको आर्मेनियामा दुई वटा सैन्य शिविर छन् । साथमा सीमामा रुसी सेनाको समेत उपस्थिति छ । सो युद्धमा बाकुले टर्की र इजरायलमा बनेको ड्रोन प्रयोग गरेको थियो । यसअघि नै पासिनयानको मस्कोसँग दुरी बढेको थियो ।

    सन् २०१८ मा मस्कोले साथ दिएका नेताहरूको विरुद्धमा उनी लागेपछि रुससँगको दुरी बढेको हो । अहिले आर्मेनियाको युरोपेली युनियनको सदस्यताको सम्भावना पनि छ ।

    अहिले रुसका लागि आर्मेनियासँगको सम्बन्ध सुमधुर रहन आवश्यक रहेको धेरै जना बताउँछन् । खासमा अहिले युक्रेनसँगको युद्धमा रुसले धेरै प्रतिबन्धको सामना गरेको छ । यस समयमा आर्मेनियालाई साथ दिन सकेमा यस किसिमका प्रतिबन्ध कम प्रभावकारी पनि हुन सक्नेछ ।

    जसरी अजरबैजानसँगको युद्धमा साथ नदिएको आर्मेनियाको गुनासो छ, यसै किसिमको गुनासो गर्ने बाटो भने रुसको पनि छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको थियो । सोही आक्रमणपछि कुनै पनि सीएसटीओ सदस्यले रुसी सेनाको साथमा आफ्नो सेना पठाएका छैनन् ।

    विज्ञहरूकै अनुसार यस किसिमको सहयोग रुसले पनि चाहेको छैन या धेरै महत्त्व दिएको छैन । मध्य एसियाली देशसँग पुरानो हतियार मात्र छ । रुस प्रत्येक दिन नयाँ हतियार बनाउन सक्षम छ । यसकारण पनि रुसले यस विषयमा धेरै चासो दिएको छैन ।

    गएको सेप्टेम्बर महिनामा नागोर्नो काराबखमा उज्बेकिस्तान, अजरबैजान र टर्किएमा संयुक्त सैन्य अभ्यास गरे । यो अभ्यासमा जहाज कब्जा गर्ने, ड्रोन आक्रमण गर्ने र जमिन युद्धका विषय समावेश थिए । अहिले एउटा क्षेत्रीय संरचनाको प्रयास पनि भएको छ ।

    CSTO members 2019

    सन् २०२५ को अक्टोबरमा अजरबैजान, उज्बेकिस्तान, काजकिस्तान, किर्गिस्तान र ताजिकिस्तानले क्षेत्रीय सम्बन्ध विस्तारका लागि सहमति गरेका थिए । उज्बेकिस्तानलाई सीएसटीओमा संलग्न गराउन नसक्नु रुसको अर्को कमजोरी बनेको छ ।

    ३ करोड ७० लाख जनसङ्ख्या भएको उज्बेकिस्तान मध्य एसियाली अर्थतन्त्रको एउटा शक्ति राष्ट्र हो । उज्बेकिस्तानले सन् १९९९ मा यो ब्लक छाडेको थियो । सन् २००६ मा फेरि आबद्ध भएको हो । सन् २०१२ मा सदस्यता निलम्बनमा परेको थियो ।

    मध्य एसियाका जानकार तथा क्षेत्रीय राजनीतिका विज्ञ एलिसर इफामोभ युरोसियाली देशले चलाखीपूर्ण रूपले सबै शक्ति राष्ट्रसँग सम्बन्ध बढाइरहेको समयमा रुसले प्रस्ट असन्तुष्टि व्यक्त गर्न नसक्ने बताउँछन् । इफामोभका अनुसार उज्बेक राष्ट्रपति साभकात मिर्जियोयेभले पश्चिमासँग सम्बन्ध जोगाएर रुससँग उदार सम्बन्धलाई पनि निरन्तरता दिन चाहन्छन् ।

    मिर्जियोयेभ मे ९ मा आयोजना गरिएको विजय सभामा पनि सहभागी भए । सोभियत संघले जर्मन नाजी सेनालाई हराएको संस्मरण गर्दै हरेक वर्ष मे ९ मा कार्यक्रमको आयोजना हुने गरेको छ ।

    रुससँगको संयुक्त सैन्य अभ्यासमा पनि आफ्नो सेना पठाएका उनले मध्य अक्टोबरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आफ्नो देशमा स्वागत पनि गरे ।

    सुरक्षित छैन यो क्षेत्र

    CSTO members

    मस्को सम्मेलनको मूल एजेन्डा अफगानिस्तानको सुरक्षा अवस्थाका बारे हुनेछ । अफगानिस्तानमा धेरै सीमा युरेसिया क्षेत्रमा जोडिएको छ । रुसका अनुसार यस वर्ष करिब २० सैन्य सङ्गठनका करिब २३ हजार लडाकुहरू अफगानिस्तानमा सक्रिय रहे ।

    यी नै मध्य खोरासन प्रान्तमा सक्रिय आईएसआईएल समूह हो । यो समूहले अन्य देशबाट पनि युवाहरूलाई एकत्रित गरेर गतिविधि गरेको छ । अफगानिस्तान भन्दा धेरै परसम्म यस समूहको प्रभाव छ ।

    सन् २०२४ मा मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको जिम्मा यस समूहले लिएको छ । सो आक्रमणमा १४० जनाको ज्यान गएको थियो भने ५५० जना घाइते भएका थिए । यस वर्ष सीएसटीओ सम्मेलनमा १ हजार ३४४ किलोमिटरको अफगान ताजिक सीमाको बारेमा पनि छलफल हुनेछ ।

    -अलजजिरा, अबासतलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images