images
images
  • एनपीएलमा २१ खेल सकियो, अंक तालिकामा कसको स्थान कुन ? (तालिकासहित)

    काठमाडौं– काठमाडौंमा जारी तेस्रो संकरणकमो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतका २१ वटा खेल सम्पन्न भएका छन् ।

    यस अवधिसम्म आइपुग्दा काठमाडौं गोर्खाज अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिम रोयल्स दोस्रो र लुम्बिनी लायन्स तेस्रो स्थानमा छन् ।

    काठमाडौंले खेलेका पाँचमध्ये चार खेलमा जित र एकमा हार बेहोर्दै ८ अंक जोडेको छ । समान ८ अंक रहेको सुदूरपश्चिमले भने ६ खेल खेल्दा चार जित र दुई हार बेहोरेको छ । नेट रनरेटका आधारमा काठमाडौं शीर्ष स्थानमा रहेको हो ।

    तीन जित, एक हार र एक खेल नतिजाविहीन हुँदा ७ अंक जोडेको लुम्बिनी लायन्स तेस्रो स्थानमा छ । लुम्बिनीको नेट रनरेट १.५०१ रहेको छ । त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा छ । जनकपुर बोल्ट्स, विराटनगर किङ्स र कर्णाली याक्स समान ४ अंकसहित क्रमश: पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

    पोखरा एभेन्जर्स भने पाँच खेलमा एक जित र चार हारसहित २ अंक जोडेर अंकतालिकाको अन्तिम स्थानमा रहेको छ । २१ खेलपछि काठमाडौं र सुदूरपश्चिमबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा देखिएको छ भने समान ४ अंक भएका जनकपुर, विराटनगर र कर्णालीबीच पनि स्थान सुधार्ने होड रहेको छ ।

    त्यस्तै पोखराका लागि भने प्लेअफको सम्भावना कमजोर देखिएको छ ।

    point1794325657

    प्रतिक्रिया दिनुहोस्
    images
    images