images
images
  • यू–१९ एसिया कपः पाकिस्तानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं – ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले समूह चरणको अन्तिम खेलमा पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।

    नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । लगातार दुई खेलमा पराजित भएपछि नेपालको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सात विकेटले पराजित भएको थियो। पाकिस्तानविरुद्धको आजको खेल नेपालका लागि प्रतियोगिताको समूह चरणको अन्तिम खेल हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images