images
images
  • नेपाल संवत्ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउने सभापति थापाको विश्वास

    काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएको छ । नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने उनको विश्वास छ।

    सभापति थापाले नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको उल्लेख गर्दै यस अवसरले नेपालीबीचको आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा व्यक्त गरेको छ   ।

    म्हः पूजाको अवसरमा सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र आत्मविश्वासको कामना गर्दै उनले सांस्कृतिक विविधता र राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेको  छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images