images
images
  • मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

    काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको छ । तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै राष्ट्रिय पहिचान र अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गएको छ ।

    मुख्यमन्त्री थापा मगरले तिहारले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै देउसीभैलोजस्ता मौलिक सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ । यस पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीयता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।

    उनले विभिन्न समुदायका मौलिक पर्व, संस्कृति र ऐतिहासिक परम्पराले नेपाली समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उल्लेख गएको छ । मुख्यमन्त्रीले तिहार तथा नेपाल संवत् ११४७ ले सबै नेपालीबीच आपसी सद्भाव, एकता र सहिष्णुता थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images