images
images
  • मेचीनगरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक निर्माण

    काठमाडौं – नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माण गरिएको छ । भक्तपुरको प्राचीन कला शैलीमा निर्माण गरिएको उक्त शालिकमा २० लाख रुपैयाँ खर्च भएको शालिक निर्माण समितिले जनाएको छ। समितिका अध्यक्ष दिनेश शाक्यका अनुसार मेचीनगरमा निर्माण गरिएको यो शङ्खधर साख्वाको पहिलो शालिक हो ।

    शालिक निर्माणका लागि मेचीनगर नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। बाँकी १५ लाख रुपैयाँ स्थानीय तथा विभिन्न व्यक्तिको जनसहयोगबाट जुटाइएको अध्यक्ष शाक्यले जानकारी दिए ।

    शालिक स्थापना गरिएको स्थललाई समेत भक्तपुरको परम्परागत कला शैलीमा सजाइएको छ। शालिक निर्माण समितिका सचिव मिलनराज प्रसाईंका अनुसार शालिक एउटै ढुङ्गामा कुँदेर तयार पारिएको हो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको योगदान र ऐतिहासिक महत्वलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images