images
images
  • एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, जनकपुरलाई जित्नैपर्ने दबाब

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको प्लेअफ समीकरणका दृष्टिले दुवै टोलीका लागि खेल महत्वपूर्ण छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित आवश्यक छ भने सुदूरपश्चिम जित निकाल्दै आफ्नो प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यसहित मैदान उत्रनेछ ।

    प्रतियोगितामा सुदूरपश्चिमले पाँच खेलबाट ६ अंक जोडेको छ । टोली अंकतालिकाको तेस्रो स्थानमा रहँदै आएको छ । पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ । दुवै टोलीबीच यसअघिका एनपीएल संस्करणमा चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा मात्रै जित निकालेको छ ।

    हेड टु हेडको इतिहास सुदूरपश्चिमको पक्षमा रहे पनि आजको खेलमा जनकपुर आफ्नो प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । सुदूरपश्चिम भने अंकतालिकामा आफ्नो स्थिति सुधार गर्दै प्लेअफको यात्रा सुनिश्चित गर्ने प्रयासमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images