images
images
  • एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स ६३ रनले पराजित

    काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो ।

    पोखराका लागि युवराज सामराले शतकीय पारी खेले । उनले ४८ बलमा १० चौका र छ छक्काको मद्दतले १०२ रन बनाए। त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन जोडे । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन बनाए। महेदी हसन पाँच र सन्नी विक तीन रनमा आउट भए ।

    बलिङतर्फ कर्णालीका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे । २१८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि पवन शर्राफले सर्वाधिक ३२ रन बनाए। अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ र सूर्य तामाङले १३ रनको योगदान दिए । पोखराका बलर मेहदी हसनले तीन विकेट लिए। धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान दुई–दुई विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images