काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटअन्तर्गत आज जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो ।
पोखराका युभराज सामराले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतले १०२ रन बनाए। कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन जोडे ।
त्यस्तै कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै अविजित ३५ रन बनाए। महेदी हसन पाँच र सन्नी विक तीन रनमा आउट भए । कर्णाली याक्सका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस्






















