images
images
  • एनपिएल : पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तानले टस जित्दै ब्याटिङ रोजेका हुन् ।

    पोखराका लागि प्रतियोगिताको सुरुआत सुखद हुन सकेको छैन। यसअघि खेलेका चारवटै खेलमा टोली पराजित भएको छ । पोखरा सुदूरपश्चिमसँग ६ विकेट, जनकपुरसँग ९ रन, लुम्बिनी लायन्ससँग ८ विकेट र चितवनसँग ३० रनले पराजित भएको थियो ।

    यता कर्णाली याक्स भने पाँचौँ खेलमा पोखरालाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ । यसअघि चार खेल खेलेको कर्णालीले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images