images
images
  • नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिज यू-१९ महिला क्रिकेटको उपाधि

    काठमाडौं– नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।

    नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल ग¥यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

    नेपालले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।

    तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो ।

    पाँचौं खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।

    प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images