काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल बनाएको हो ।
चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । त्यस्तै रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका श्रीलंकन बलर चमिका करुणारत्ने, बिपीन खत्री र कुशल भुर्तेलले समान २-२ विकेट लिए ।
पोखराले लगातार तीन हारपछि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई जिम्मेवारी दिएको छ । अंक तालिकामा पोखरा पुच्छारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्




















