images
images
  • २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट क्रिस्टियानो रोनाल्डोले लिए सन्न्यास

    काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवन अन्त्य गर्ने जानकारी दिएका हुन् ।

    यससँगै फुटबल इतिहासकै उत्कृष्ट अन्तर्राष्ट्रिय खेल जीवनमध्ये एकको अन्त्य हुने भएको छ । ४१ वर्षीय रोनाल्डोले बिहीबार नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विश्रामपछि पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बरको जर्सी छाड्ने बताएका छन् ।

    रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोकपको उपाधि जितेको थियो । त्यसैगरी उनले सन् २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    सन्न्यासको निर्णयबारे रोनाल्डोले भनेका छन्, ‘यो सजिलो निर्णय थिएन । किनकि केही निर्णय दिमागले मात्र गरिँदैनन्, ती निर्णयमा मनको भावना पनि जोडिएको हुन्छ ।’

    उनले आफ्नो खेलले समर्थकलाई खुसी बनाएको, गोलले कसैलाई अँगालो हाल्न प्रेरित गरेको, चिन्ता भुलाएको वा देशप्रति गर्व महसुस गराएको भए आफ्नो खेल जीवन सार्थक भएको बताएका छन् ।

    २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा साथ दिने परिवार, पोर्चुगलका नागरिक, सहकर्मी खेलाडी, प्रशिक्षक तथा टोलीका कर्मचारीलाई रोनाल्डोले धन्यवाद दिएका छन्।

    घोषणासँगै सार्वजनिक गरेको भिडियोमा उनले लेखेका छन्, ‘पोर्चुगल सधैं मेरो एउटा हिस्सा भएर रहनेछ ।’

    रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म २३४ खेल खेलेका छन् भने १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्न सफल छन् ।

    गत महिना नेसन्स लिगको एक खेलमा मुख्य प्रशिक्षक जोर्गे जेससले उनलाई मैदानमा उतार्न अस्वीकार गरेपछि रोनाल्डो र प्रशिक्षकबीच मतभेद भएको थियो । त्यसपछि रोनाल्डो तत्कालै राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेर बाहिरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images