images
images
  • एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–लुम्बिनी र विराटनगर–काठमाडौंबीच भीडन्त

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    आज अपराह्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।

    जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शीर्ष स्थानमा छ ।

    त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् ।

    त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हँुदैछन् ।

    जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ ।

    एनपीएलका १३ खेल सकिदा लुम्बिनी शीर्ष स्थानमा, अंकतालिकाको पुछारमा पोखरा एभेन्जर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images