images
images
  • एनपीएलका १३ खेल सकिदा लुम्बिनी शीर्ष स्थानमा, अंकतालिकाको पुछारमा पोखरा एभेन्जर्स

    काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ ।

    तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् ।

    लुम्बिनी तीन खेलमा अपराजित छ । दुई जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा टोलीले पाँच अंक बनाएको हो । उसको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । यसले लुम्बिनीलाई अंक र रनरेट दुवै आधारमा शीर्ष स्थानमा राखेको छ ।

    त्यस्तै, विराटनगर किङ्सले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । उसको नेट रनरेट ०.४०८ छ । कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोर्दै चार अंक बनाएको छ । कर्णालीको नेट रनरेट ०.२९५ रहेको छ ।

    जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । जनकपुरको नेट रनरेट ०.०९९ छ भने सुदूरपश्चिमको माइनस १.०६४ छ । समान अंक भए पनि नेट रनरेटका कारण यी टोलीको स्थान फरक परेको छ ।

    चितवन राइनोजले तीन खेलमा एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको छ । उसको नेट रनरेट माइनस ०.४८६ छ । काठमाडौं गोर्खाजले दुई खेलमा एक जित र एक हारसहित दुई अंक बनाएको छ । काठमाडौंको नेट रनरेट माइनस ०.४६६ रहेको छ ।

    पोखरा एभेन्जर्सले तीनवटै खेल गुमाएको छ । टोलीले अहिलेसम्म अंक जोड्न सकेको छैन र उसको नेट रनरेट माइनस १.७७० छ । लगातार तीन हारपछि पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।

    NPL Point1793716873

    प्रतिक्रिया दिनुहोस्
    images
    images