images
images
  • आज एनपीएलमा ‘रेस्ट डे’, लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा

    काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगितामा सहभागी टोलीलाई एक दिन विश्राम दिइएकाले आज ‘रेस्ट डे’ राखिएको हो ।

    मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको थियो ।

    लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ । उसले दुई खेलमा जित हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

    लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले अविजित ४७ रन बनाए। निरोश डिक्वेलाले पनि अविजित २७ रनको योगदान दिए । यी दुईबीच तेस्रो विकेटका लागि ७७ रनको अविजित साझेदारी भएको थियो ।

    पोखरा एभेन्जर्सका लागि भने यो प्रतियोगितामा लगातार तेस्रो हार हो। यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो । तीन खेल खेलेको पोखराले अहिलेसम्म अंक जोड्न सकेको छैन र अंकतालिकाको पुछारमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images