images
images
  • स्पेनमा खेलका क्रममा गोलरक्षकसँग ठक्कर लागेर घाइते फुटबल खेलाडीको मृत्यु

    काठमाडौं– स्पेनको दोस्रो डिभिजनको फुटबल प्रतियोगिताका क्रममा गम्भीर घाइते भएका टेनेरिफका स्ट्राइकर जेसस डी मिगुएलको मृत्यु भएको छ। ३० वर्षीय उनको उपचारका क्रममा निधन भएको हो ।

    सोमबार एन्डोराविरुद्धको खेलमा गोलरक्षक जेसस ओभोनसँग बलियो ठक्कर लागेपछि डी मिगुएलको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उक्त घटनापछि गोलरक्षकलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए ।

    सोमबार उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि गम्भीर रहेको बताइएको थियो । तर मंगलबार बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनको मृत्यु भएको हो ।

    खेलाडीको निधनपछि उनको क्लबले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

    क्लबले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी अत्यन्त दुःखी छौं । हाम्रो मन टुटेको छ र यो घटना वास्तविक हो भन्ने विश्वास गर्नसमेत कठिन भइरहेको छ । सीडी टेनेरिफ जेसस डी मिगुएल अलामेडाको दुःखद निधनको घोषणा गर्दछ ।’

    वक्तव्यमा अगाडि भनिएको छ, ‘यो अपार दुःखलाई कम गर्न सक्ने कुनै शब्द हामीसँग छैन । यस कठिन घडीमा हामी उहाँको परिवार, नजिकका आफन्त तथा टेनेरिफका सम्पूर्ण नागरिकसँगै छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images