images
images
  • एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।

    कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।

    यससँगै विराटनगरले पहिला ब्याटिङ गर्नेछ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ ।

    चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको थियो ।

    त्यसअघि काठमाडौँ गोर्खाजमाथि ८ विकेटको जित निकालेको थियो । त्यसैगरी आफनो पहिलो खेलमा भने जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।

    समान तीन खेल खेलेको विराटनगरले एक खेलमा जित तथा दुई खेलमा हार ब्यहोरेको छ । विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

    विराटनगरले सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images