images
images
  • एनपीएल तेस्रो संस्करण: कर्णालीले काठमाण्डूलाई दियो १८१ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा अरिफुल इस्लाम र हुसैन तलात चम्किएपछि कर्णाली याक्सले काठमाण्डू गोर्खाजलाई १८१ रनको बलियो लक्ष्य दिएको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

    कर्णालीका ओपनर अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए । पाँच चौका र ३ छक्का हिर्काएका उनलाई साहव आलमले अस्ट्रेलियन चर्चित ब्याटर डेविड वार्नरबाट क्याच गराएका थिए ।

    पाकिस्तानका अलराउन्डर हुसैन तलातले २९ बलमा ४० रन बनाए । एक चौका र दुई छक्का हिर्र्काएका उनी हिट विकेटको सिकार भए । हुसैनले पवन सरार्फसँग पाँचौ विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।

    यसअघि इस्लाम र वाटले दोस्रो विकेटको लागि ४६ रनको साझेदारी भएको थियो । अलराउन्डर गुल्शन झाले २० रन बनाए । सातौं नम्बर क्रिजमा आएका गुल्शनले १२ ओभरमा २ छक्का हिर्काएका थिए । तेस्रो क्रममा आएका मार्क वाटले २० बलमा २ चौकासहित १७ रन बनाए ।

    यसअघि पहिलो खेल खेलिरहेका बंगलादेशका ओपनर निशन अलामले ५ बलमा मात्र ७ रन बनाए । दीपक डुम्रे ६ बलमा ८ रन मात्रै बनाएर आउट भएका थिए ।

    काठमाण्डूका लागि रिपोन मोन्डोलले दुई तथा शाहव आलम, कप्तान करण केसी, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images