images
images
  • अमेरिकी महिला खेलाडीहरु, जो बन्दैछन् सुपरस्टार

    काठमाडौं– शनिबार रातको समय अमेरिकाका नाम चलेका महिला बास्केटबल स्टारहरूको ध्यान डब्ल्यूएनबीएको फाइनल खेलमा थियो । फाइनल खेलमा एटलान्टा ड्रिम्स र गोल्डेन स्टेट भाल्क्रिजबीचको खेलमा मध्यान्तरसम्म एटलान्टा अघि थियो ।

    मध्यान्तरपछि गावी विलियम्सको उत्कृष्ट प्रदर्शनमा गोल्डेन स्टेट खेलमा फर्कियो । ६८-६३ को स्कोरले गोल्डेन स्टेटले सफलता पाएको सो खेलमा विलियम्सले ३० स्कोर गरेकी थिइन् ।

    usa basketball1

    त्यसो त यस वर्षको डब्ल्यूएनबीएमा केटलिन क्लर्क, बिट्नी स्टिवार्ट र एमिली रिसेलगायत खेलाडीहरूको पनि चर्चा रहेको थियो ।

    शनिबार नै अमेरिकामा आगामी डिसेम्बर महिनामा हुने सर्ट कोर्स पौडी च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता भएको थियो । अन्तिम दिन केट डगलसले १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान कायम गरिन् । उनले आफ्नै नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गरेकी हुन् ।

    यस वर्ष उनको विश्व कीर्तिमानको ओइरो नै लागेको थियो । उनले यसै प्रतियोगिताको एक दिन अघि भएको छनोटमा ५० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान कायम गरेकी थिइन् ।

    यसै वर्ष उनले लङ कोर्समा ५० मिटर फ्रिस्टाइलमा पनि विश्व कीर्तिमान कायम गरेकी थिइन् । १०० मिटर फ्रिस्टाइलमा पनि उनी विश्व कीर्तिमानको नजिक पुगेकी थिइन् ।

    duglus us

    डगलस इतिहासकै सबैभन्दा भर्सटाइल पौडी खेलाडी हुन् । पौडी खेलको दुनियाँमा ग्लेचन वाल्स, क्लेरी कुर्जान र क्याथरिन बेकरोफ अन्य छाएका पौडीबाज हुन् । यी सबै खेलाडीले आफ्नो स्पर्धामा विश्व कीर्तिमान कायम गरिसकेका छन् ।

    मिलान कोरसिना २०२६ को विन्टर ओलम्पिकमा अमेरिकाले स्वर्ण पदक जित्यो । सो खेलमा टोलीको नेतृत्व गरेकी हिलारी नाइट खेलको स्टार भएकी थिइन् । उनको नेतृत्वमा अमेरिकाले क्यानडालाई फाइनलमा २-१ ले हराउँदै स्वर्ण पदक जितेको हो ।

    उनी सो महोत्सवको समापन समारोहमा झन्डा बोक्ने अवसर पाउन सफल भइन् । पाँचौं तथा अन्तिम पटकको ओलम्पिक सहभागिता समेत गरेर उनले कुल डेनमार्कमा भएको आईआईएचएफ च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । उनको सो च्याम्पियनसिपमा १६ औं सहभागिता हो ।

    जेसिका पेगुलाले कुनै ग्रान्डस्लाम उपाधि त जितिनन् । तर सन् २०२६ मा उनले केही उपलब्धिमूलक प्रदर्शन गरेकी छन् । वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा उनले सेमिफाइनलको यात्रा गरिन् । विम्बल्डनमा उनी क्वार्टरफाइनलमा प्रवेश गरिन् । अस्ट्रेलियन ओपनमा पनि उनी सेमिफाइनलमा प्रवेश गरिन् ।

    मेसिला जेफरसन यस वर्षको सबैभन्दा सफल महिला खेलाडीमध्येकी एक हुन् । यस वर्षको एथलेटिक्सको सबैभन्दा ठुलो च्याम्पियनसिपको रूपमा अल्टिमेट विश्व च्याम्पियनसिप हो । यस च्याम्पियनसिपमा महिलाको १०० र २०० मिटर दौडमा मेसिला जेफरसन उडनले उपाधि जितिन् ।

    यस वर्षको अर्को सफल अमेरिकी स्टार मसाई रसेल हुन् । १०० मिटर हर्डल्समा उनले डायमन्ड लिग फाइनलमा विश्व कीर्तिमान कायम गरिन् ।

    Russel

    उनले अल्टिमेट विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन् । अन्ना कोकरेल, डारा टोरिस र सान्डी मोरिस यस वर्षका अन्य सफल र नाम चलेका अमेरिकी खेलाडी हुन् । अन्ना कोकरेल पनि यस वर्ष सफल भइन् ।

    यस वर्ष अमेरिकी पुरुष टोलीले पनि घरेलु भूमिमा भएको विश्वकपमा केही सानदार प्रदर्शन गरेको थियो । तर पनि अमेरिकामा पुरुषभन्दा महिला फुटबल नै बढी लोकप्रिय छ । लामो समयदेखि महिला फुटबलरको प्रभाव पनि त्यत्तिकै छ । गोथाम एफसीकी मिडफिल्डर रोज लाभेल यस वर्षको सबैभन्दा प्रभावशाली महिला फुटबलर हुन् ।

    rose lavelle

    बालोन डोर अवार्डमा मनोनयनमा पर्ने उनी एक्ली महिला खेलाडी हुन् । मिडफिल्डमा प्रभावकारी रहने उनको खेलमा भिन्न किसिमको आकर्षण हुने गरेको छ ।

    भलिबल खेलाडी जोर्डन थम्सन अमेरिकाकी अर्की हेर्न लायक खेलाडी हुन् । उनी अमेरिकाको राष्ट्रिय टोली र फ्रेन्चाइज एलओभीबीमा उस्तै किसिमले सशक्त प्रदर्शन गर्दै आएकी छन् ।

    यस वर्षको भलिबल नेसन्स कपमा अमेरिकी टोलीले पहिलो स्थानसहित समूह चरण पार गरेको थियो । यस नेसन्स लिगको क्वार्टरफाइनलमा भने अमेरिकाले चीनसँग अप्रत्याशित रूपले हार व्यहोरेको थियो । अमेरिकाले अपेक्षाकृत सफलता नपाए पनि जोर्डन थम्सनको खेल तारिफयोग्य थियो ।

    थम्सनको विगतदेखि नै प्रदर्शन र उनले अमेरिकी टोलीलाई दिलाएको सफलतालाई आधार मान्दा निर्विवाद रूपमा सो देशको सर्वकालीन उत्कृष्ट खेलाडीको रूपमा चिनिन्छन् ।

    उनकै कारणले ५ वर्षअघि अमेरिकाले पहिलो पटक ओलम्पिकमा महिला भलिबलको स्वर्ण पदक जितेको थियो । उनले टर्कीको इटालीको क्लबमा रहेर पनि आफ्नो खेललाई अगाडि बढाइसकेकी छन् ।

    साइक्लिस्ट क्रिस्चियन फल्कनर यस वर्षको अमेरिकाको सफल साइक्लिस्ट हुन् । उनकै कारण अमेरिकाले यूसीए विश्व महिला रोड रेस च्याम्पियनसिपको उपाधि जितेको थियो । उनी ट्र्याक व्यक्तिगत पर्सुटमा छाएकी खेलाडी हुन् ।

    एभरेस्ट लेडेकर यस वर्षकी चर्चित अमेरिकी कुस्ती खेलाडी हुन् ।

    usa basketball

    कलेज तहमा सफलता पाएकी १९ वर्षीया उनले यस वर्ष विश्व च्याम्पियन नै हुने अवसर पाइन् । अदाउगो नावागुचु अमेरिकाकी अर्की नाम चलेकी कुस्तीबाज हुन् ।

    एथलेटिक्स, पौडी, फुटबल, बास्केटबल, कुस्तीलगायत धेरै खेलमा इतिहासदेखि नै अमेरिकाको प्रभाव थियो । यीमध्येका केही खेलको यहाँ चर्चा गरिएको हो । यी नै खेलाडीले दुई वर्षपछि घरेलु भूमिमा हुने ओलम्पिक खेलमा सनसनी फैलाउने सम्भावना पनि छ ।

    -वर्ल्ड एथलेटिक्स, स्वीमस्वाम, टिम यूएसएलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images