काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको आजको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए । अभिषेक तिवारीले अविजित २४ रनको योगदान दिए । मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाए ।
बलिङतर्फ पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए । त्यस्तै मोहमद सैफुद्दिन र मेहदी हसनले समान एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्





















