काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वनिर्धारित तालिका अनुसार आज दुई खेलको सूची छ ।
तर, देशभर भइरहेको भारी वर्षाका कारण ती खेल अनिश्चित बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरू हुने आजको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका थियो ।
यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे निर्धारित थियो । तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ ।
जारी लिगमा लुम्बिनी र चितवनले एक/एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ । यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस्





















