images
images
  • चक्रवात अर्नवको प्रभाव देशभर : गण्डकीमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा मापन (अपडेट)

    काठमाडौं– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको शनिबार बिहान ६:२४ बजेसम्मको अपडेट अनुसार पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशको ताल वर्षा मापन केन्द्रमा सबैभन्दा बढी १०४.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी प्रदेशका धेरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ ।

    महाशाखाले सार्वजनिक गरेको वर्षा मापन विवरणअनुसार देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको देखिएको छ । वर्षाको अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन आग्रह गरिएको छ ।

    चक्रवात ‘अर्नब’ को प्रभाव कहिलेदेखि कम हुन्छ ? कस्तो रहन्छ आज दिउँसो र रातिको मौसम ?

    प्रतिक्रिया दिनुहोस्
    images
    images