images
images
  • चक्रवात ‘अर्नब’ को प्रभाव कहिलेदेखि कम हुन्छ ? कस्तो रहन्छ आज दिउँसो र रातिको मौसम ?

    काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर पानी पर्ने पूर्वानुमान गरेको छ ।

    हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको कारण वर्षा जारी रहने जानकारी दिएको हो ।

    महाशाखाका अनुसार भोलि आइतबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुँदै जाने छ ।

    हाल देशभर अधिकांश बादल लाग्नेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।

    कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।

    त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको समभावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images