images
images
  • रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय वीरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

    वीरेन्द्रले रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images