काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ५.४५ अङ्कले घटेर २६९०.१५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अङ्कले घटेर ४८७.६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.३६ अङ्कले घटेर १८६ं६४ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.१७ अङ्कले घटेर १६५.१६ मा पुगेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ ।
१३ वटा उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । आज १०२ कम्पनीको सेयर बढ्यो भने १६९ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, सोपान फार्मास्यूटिकल्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।






















