images
images
  • एनपिएलको ब्रोडकास्टिङ पार्टनर रेडबुल, हल्ला धेरै एक्स्ट्रिमको कसरी ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्रसारण अधिकार र प्रायोजनको विषयलाई लिएर रोचक तस्बीर देखिएको छ ।

    एनपीएलको प्रत्यक्ष प्रसारणका लागि रेड बुलले मुख्य (टाइटल) स्पोन्सरका रूपमा आधिकारिक सम्झौता गरेको छ । यस सहकार्यअन्तर्गत टेलिभिजन स्क्रिन तथा खेल मैदानभित्र आधिकारिक प्रसारण साझेदारका रूपमा रेड बुलकै उपस्थिति र ब्रान्डिङ कायम रहनेछ । जुन विषय स्क्रिनमा क्रिकेट हेर्ने र किर्तिपुर रंगशाला पुग्ने दर्शकले सजिलै देख्न सकिन्छ ।

    प्रत्यक्ष खेल प्रसारणका साथै प्रि(म्याच र पोस्ट(म्याच कार्यक्रमहरूमार्फत दर्शकहरूलाई रोमाञ्चक खेल अनुभव दिने लक्ष्य पनि रेड बुलले राखेको छ ।

    तथापि, आधिकारिक प्रसारण अधिकार रेड बुलको हातमा भए पनि बजार र दर्शकमाझ भने ‘एक्स्ट्रिम’ हल्ला व्यापक बनेको देखिन्छ । प्रतियोगिताको आधिकारिक ब्रोडकास्टिङ वा ग्राउन्ड स्पोन्सर नभए तापनि एक्स्ट्रिम चतुर मार्केटिङ रणनीति अपनाउँदा यस्तो देखिएको हो ।

    खेल परिसर प्रवेश गर्ने बाहिरी भागमा आफ्ना ठूला होल्डिङ बोर्डहरू राखेर दर्शकको ध्यानाकर्षण गराएको एक्स्ट्रिमले मैदानभित्र समेत अनौठो उपस्थिति जनाएको छ । यो कसरी सम्भव भयो भने एनपीएलमा प्रतिस्पर्धा गरिरहेका कुल आठ वटा टोलीमध्ये सात वटा टोलीको मुख्य प्रायोजक ‘टिम स्पोन्सर’ एक्स्ट्रिम बनेको छ ।

    यस रणनीतिक कदमका कारण टेलिभिजनमा खेल हेरिरहेका लाखौँ दर्शकले स्क्रिनमा रेड बुलको प्रसारण देखे तापनि मैदानमा कुदिरहेका खेलाडीको जर्सीको अगाडिपट्टि भने एक्स्ट्रिमकै नाम देख्नेछन् । यसरी आधिकारिक रूपमा प्रतियोगिताको ठूलो आयोजक नबनेरै पनि दर्शकको नजरको नजरमा पर्ने चतुर रणनीतिमा एक्स्ट्रिम सफल भएको देखिन्छ ।

    एउटा ब्रान्डले ठूलो धनराशि खर्च गरेर प्रसारण अधिकार हात पारिरहँदा अर्को ब्रान्डले दर्शकको प्रत्यक्ष नजर पर्ने जर्सी तथा भौतिक स्थानहरू रोजेर आफ्नो प्रचारप्रसार गर्दा दर्शक नै स्पोन्सरको विषयमा झुक्किन पुगेका छन् । जसले स्पोन्सरमा ठूलो लगानी गरेको पक्षलाई तुलनात्मक रूपमा घाटा पुर्याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images