images
images
  • कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप

    काठमाडौं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर दस्तुर पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरेको छ ।

    सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुने व्यवस्था गरेको हो ।

    यही कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images