images
images
  • अर्जेन्टिना हुँदै अमेरिका भागे बोल्सेनारो, ट्रम्प प्रशासनले शरण दिने

    काठमाडौं– निर्वाचनमा पराजयको सामना गरेपछि ब्राजिलका सिनेटर फ्लाभियो बोल्सेनारोलाई अमेरिकाले आफ्नो देशमा प्रवेश गर्न स्वीकृति दिएको छ । बोल्सेनारोको पासपोर्ट जफत हुने डरले ट्रम्प प्रशासनले हतारमा नै यो कदम चालेको हो ।

    अमेरिकाले बोल्सेनारो र उनको परिवारलाई भिसा दिने तयारी गरेको हो । मुद्रा अपचलन, भ्रष्टाचार र अवैध विदेशी रकम राखेको अभियोगमा अहिले उनको विरुद्धमा सर्वोच्च अदालतमा नै मुद्दा चलेको छ । यसैकारण उनी गिरफ्तार हुने जोखिम पनि बलियो भएपछि देश छाडेर भागेका हुन् ।

    विभिन्न सूचना स्रोतका अनुसार बोल्सेनारो अहिले अमेरिका पुगिसकेका छन् । परन्तु यस विषयमा अन्तिम पत्तो नलागेको सीएनएनले जनाएको छ । बोल्सेनारो र ट्रम्पको बीचमा प्रत्यक्ष वार्ता भए या नभएको भन्ने अझै यकिन भएको छैन ।

    निर्वाचनमा वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा सिल्भासँग पराजयको सामना गरेपछि बोल्सेनारोले ब्राजिल छाडिसकेका छन् । बोल्सेनारोले गिरफ्तारी नदिएपछि प्रहरीले उनको पासपोर्ट रुद्द गरेको हो ।

    अर्जेन्टिनाका सञ्चारमाध्यमले बोल्सेनारो उनीहरूको देशको बाटो भएर गएको उल्लेख गरे पनि अर्जेन्टिना सरकारले सुरुमा बोल्सेनारो प्रवेश गरेको कुनै औपचारिक प्रमाण नभएको जनाएको थियो ।

    बुधबार बिहान भने अर्जेन्टिनाको अध्यागमन विभागले बोल्सेनारो र उनको परिवार मङ्गलबार साँझ त्यहाँ पुगेको तथा पुगेको केही समयपछि नै अर्जेन्टिना पुगेको जनाएको छ ।

    इक्वेडरले पनि बोल्सेनारो वैध कागजातसहित पुगेको र कुनै कानुनी व्यवधान नआएको जनाएको छ ।

    ब्राजिल प्रहरीले सूचना जारी गरेर उनलाई देश छाड्न नदिने निर्णय गरेको थियो । बोल्सेनारोमाथि प्रहरीले अवैध सट्टाबाजीमा संलग्नताको विषय भएको बताएको छ ।

    साथै उनले आफ्नो बाबुको बायो पिक द डार्क हर्ष बनाएका थिए । यो बनाउने क्रममा पनि उनले अवैध रूपले राज्यको रकम प्रयोग गरेको आरोप लगाइएको छ । उनले देश छाडेको समयसम्म कुनै वारेन्ट जारी भएको थिएन । तथापि कानुनीबेताहरूका अनुसार भने अदालतले पासपोर्ट बुझाउन आदेश दिनु नै गिरफ्तारीका लागि प्रशस्त आधार हो ।

    ब्राजिलबाट अमेरिका शरणका लागि जानेको लर्को

    ब्राजिल छाडेर अमेरिका पुग्ने बोल्सेनारो पहिलो व्यक्ति भने होइनन् । यसअघि उनका दाइ एडुवार्डो र पूर्वगुप्तचर प्रमुख आलेजान्द्रे रामादेन पनि भागेर अमेरिका पुगेका थिए ।

    निर्वाचनको पूर्वसन्ध्यामा एडुवार्डोले बोल्सेनारो पराजित भएमा भागेर अमेरिका जाने घोषणा गरेका थिए । अहिले भने उनी बोल्सेनारो अमेरिका पुगेको समाचार अफवाह भएको दाबी गरिरहेका छन् ।

    यसअघि बोल्सेनारोको बाबु पनि भागेर अमेरिका पुगेका थिए । बोल्सेनारो परिवारको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नै सुमधुर सम्बन्ध छ । यस पटकको निर्वाचनमा बोल्सेनारो अघि रहेको धेरैको अनुमान थियो । पहिलो चरणमा बोल्सेनारो नै अघि थिए । परन्तु आवश्यक ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणको निर्वाचन भएको थियो, जसमा बोल्सेनारो पराजित भए ।

    –एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images