images
images
  • मोदी सरकारले हरेक दिन हजारौं इन्स्टाग्राम पोस्ट हटाएको अभिजीत दीपकेको आरोप

    काठमाडौं- कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले इन्स्टाग्रामका पोस्टमाथि सेन्सरसिप लगाइएको आरोप लगाएका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समा लेख्दै इन्स्टाग्राममाथि कारबाही गरेर कुनै फाइदा नहुने पनि बताएका छन् ।

    सरकारले हरेक दिन हजारौं पोस्ट र अकाउन्ट हटाइरहेको उनको आरोप छ । तर सरकारले एउटा आधारभूत कुरा बुझ्न नसकेको उनले उल्लेख गरेका छन् ।

    ‘इन्स्टाग्राम एउटा माध्यम मात्र हो, जहाँ मानिसहरूले आफ्ना प्रश्न उठाइरहेका छन् । ती प्रश्न उठ्नुका कारण सामाजिक सञ्जालभन्दा धेरै परसम्म फैलिएका छन् । अकाउन्ट हटाउँदैमा ती कारणहरू समाप्त हुँदैनन्’, उनले लेखेका छन् ।

    उनले यस किसिमको सेन्सरसिपले सरकारप्रतिको जनविश्वास झन् घटाउन सक्ने पनि बताएका छन् ।

    जनताले उठाएका प्रश्नको जवाफ दिनु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै दीपकेले प्रश्न उठाउनेहरूको आवाज दबाउनुको सट्टा उनीहरूका प्रश्नको जवाफ दिनुपर्ने आशय व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images