images
images
  • कांग्रेसको देउवा समूह संस्थापनसँग नजोडिने, केन्द्रीय महाधिवेशनको तयारी तीब्र

    काठमाडौ– नेपाली काग्रेसको देउवा पक्ष संस्थापन पक्षसंग नजोडिने भएको छ। यसरी नजोडिने भएपछि सो पक्षले अलगै केन्द्रीय महाधिवेशनको तयारीलाई तीब्र बनाएको छ।
    पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ।

    १५ औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपनि देउवा समूहले बेग्लै महाधिवेशन गर्न लागेको हो।

    निर्धारित समयमा महाधिवेशन गर्नेगरी तीव्र रूपमा तयारी भइरहेको देउवा समूहका नेताहरुले बताएका छन् ।। बाढीपहिरोका कारणले महाधिवेशनको कार्यतालिका सुरु हुन केही ढिला भएपनि निर्धारित समयमै सक्नेगरी तयारी भइरहेको बताए।

    , ‘अधिकांश जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भइसकेका छन्। जिल्ला अधिवेशनमा प्रवेश गरेका  केही जिल्लामा नयाँ नेतृत्व पनि आइसकेका  उनीहरुको दाबी छ ।

    अधिकांश जिल्लाले १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको जनाइएको छ। अधिवेशनमा देउवा पक्षका नेता तथा कार्यकताको उत्साहपूर्ण सहभागिता रहेको दाबी गरेका छन् ।

    कार्यतालिका अनुसार मंसिर ४ गते प्रदेश अधिवेशन र २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।
    , ‘तल्लो तहमा केही कार्यतालिका प्रभावित भएपनि केन्द्रीय महाधिवेशनको मिति तलमाथि गर्ने छुट हामीलाई छैन। त्यसैले कार्यतालिकाअनुसार नै तीव्र रूपमा तयारी गरिरहेका छौँ।’ एक नेताले बताए

    सानेपाले एकलौटी रूपमा महाधिवेशन गरेको भन्दै अब आफ्नो खेमाको महाधिवेशन छाडेर सहमति हुन नसक्ने ति नेताले प्रस्ट पारे।

    देउवा समूहले देशभरका ६ हजार १ सय वडामा अधिवेशन, ४ सय ९७ वटामा पालिका अधिवेशन र १ सय १६ वटामा क्षेत्रीय अधिवेशन टुङ्ग्याइसकेको छ।

    देउवा समूहले संस्थापन पक्षमा चुनाव हारेका नेता कार्यकर्तालाई पनि आफ्नो खेमामा तान्ने रणनीति बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images