images
images
  • दसैंलगत्तै घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु. ११ हजार ७०० र चाँदीको मूल्य रु. २३० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु. दुई लाख ७८ हजार ५०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य रु. तीन हजार ९५५ कायम भएको छ ।

    गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार २०० र चाँदीको मूल्य रु. चार हजार १८५ कायम भएको महासंघले जनाएको छ ।

    महासंघका अनुसार दसैं पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images