काठमाडौं – नेपाली नागरिकताको प्रतिलिपि लिनका लागि अब सर्बसाधरणले सम्बन्धित जिल्लामा जानु नपर्ने भएको छ। अब सबै प्रदेशका सेवाग्राहीले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि(नक्कल) निकाल्न पाउने भएका छन् । यसभन्दा अघिल्लो ब्यवस्था अनुसार भने आफुले जुन जिल्लाबाट नागरिकता प्राप्त गरेको सोही जिल्लामा जानुपर्ने ब्यवस्था थियो
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची ( बुँदा नम्बर २१) को प्रतिवद्धता र नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने ब्यबस्था गरेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेअ छ । आफ्नो नागरिकता आगलागी भई वा पानीले भिजी नष्ट भएमा च्यातिई काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक भएमा वा अन्य कुनै कारणले प्रतिलिपि लिनु पर्ने भएमा उपत्यकाबाटै प्राप्त गर्न सकिने उल्लेख छ।
यस व्यवस्थाको कार्यान्वयनका लागि गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार काठमाडौं उपत्यकामा बसोवास गर्ने अन्य जिल्लाका नागरिकको हकमा सेवाग्राहीको चाप बढ्ने सम्भावना रहेको भन्दै यस्तो ब्यवस्था मिलाएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं वा अन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले यस्तो सेवा पाउने छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, ललितपुर वा अन्तर्गतबाट कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्लाका सेवाग्राहीले, जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा अन्तर्गतबाट कोशी प्रदेश र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीले यस्तो सेवा पाउने उल्लेख छ ।






















