images
images
  • इरानको आणविक हतियारबारे ओबामा र ट्रम्पबीच नोकझोंक

    काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आफ्नो कार्यकालमा इरानलाई अर्बौं डलर दिएको र उसलाई आणविक हतियार हासिल गर्ने दिशामा अगाडि बढ्ने मौका दिएको आरोप लगाएका छन् ।

    ट्रम्पले ओबामालाई ‘अयोग्य’ राष्ट्रपति करार दिँदै उनको नीतिको आलोचना गरेका हुन् ।

    यसअघि शनिबार चुनावी सभाहरूलाई सम्बोधन गर्दै बराक ओबामाले ट्रम्प प्रशासनको नीतिको आलोचना गरेका थिए । उनले इरानसँगको युद्धलगायत थुप्रै मुद्दाहरूमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए ।

    ओबामाले आफ्नो कार्यकालमा इरानसँग भएको आणविक सम्झौता उसलाई आणविक हतियार हासिल गर्नबाट रोक्नमा प्रभावकारी भएको दावी गरेका थिए ।

    उनले भने, ‘यस सम्झौतामार्फत कुनै मिसाइल प्रहार नगरिकनै इरानको आणविक कार्यक्रममा अंकुश लगाइएको थियो ।’

    त्यसपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्ट लेख्दै भने, ‘ओबामा एकदमै अयोग्य राष्ट्रपति थिए । उनले इरानलाई अर्बौं डलर दिए र उसलाई आणविक हतियार बनाउने बाटो दिए ।’

    ट्रम्पले थप लेखे, ‘उनले (ओबामाले) हिलारी क्लिन्टनका लागि धेरै प्रचार गरे । तर उनी सबै तरिकाले हारिन् । त्यसपछि उनले कमलाका लागि पनि पूरै जोड लगाएर प्रचार गरे र उनी पनि हारिन् ।’

    अमेरिकामा मध्यावधि चुनावका कारण रिपब्लिकन र डेमोक्रेटिक दुवै दलले आआफ्ना उम्मेदवारहरूको प्रचार गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images