काठमाडौं– धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भोजपुरबाट बराह क्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटनामा परेको हो । सो घटनामा पाँच जना बेपत्ता भएका छन् । उक्त मोटरबोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट ६ र विपद् व्यवस्थापन वेश चतराबाट ९ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्






















