images
images
  • फ्रान्समा रोकिएन सरकारविरोधी प्रदर्शन

    काठमाडौं– फ्रान्समा शनिबार राति विभिन्न सहरहरूमा लाखौं मानिसहरू सडकमा उत्रिएका छन् । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच धेरै ठाउँमा झडप पनि भएका छन् ।

    सुरक्षा अधिकारीहरूका अनुसार शनिबार प्रदर्शनमा उत्रिएकाहरुमध्ये करिब १ हजार जनालाई पक्राउ गरिएको छ ।

    फ्रान्समा शुक्रबार पनि प्रदर्शन भएको थियो, जुन शान्तिपूर्ण रहेको बीबीसीले जनाएको छ ।
    तर शनिबारको प्रदर्शनहरूका क्रममा प्रहरीले पेरिसलगायत धेरै सहरहरूमा प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रुग्यास र पानीको फोहराको प्रयोग गरेको छ । मार्सिलेमा ब्यारिकेटहरूमा आगजनी र बोर्दोमा एउटा पसलमा तोडफोड गरिएको प्रहरीले जनाएका छन् ।

    प्रहरी अधिकारीहरूका अनुसार गएको साता देखिएको व्यापकस्तरको हिंसा र लुटपाट भने पछिल्लो प्रदर्शनका क्रममा भएका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images