images
images
  • स्थानीय बजारमा सुनको मूल्य बढ्दा चाँदीको घट्यो

    काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदी ५० रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images