images
images
  • सिद्धार्थ बैंकद्धारा शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालन

    काठमाडौं– सिद्धार्थ बैंकले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

    ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ बनाउने प्रमुख उद्देश्यका साथ सो सुविधा सञ्चालनमा ल्याइएको हो । जस अन्तर्गत ग्राहकहरुले आफ्नो शेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।

    यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंकिङ एपमार्फत शेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिने बताइएको छ । यो सुविधा अन्तर्गत ग्राहकले कुल धितो रहने शेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images