काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ केही बढेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा कायम गरिएको थियो ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० साट्दा नेपाली १६० रुपैयाँ प्राप्त हुने राष्ट्र बैंकको विनिमयदरले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार युरो एकको बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा र बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछ ।
हेर्नुहोस् पूरा विवरण–





















