images
images
  • एनपीएलमा आज दुई खेल हुँदै

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    टीयु क्रिकेट मैदानमा अपराह्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् ।

    जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ ।

    त्यसैगरी आज साँझ ५ बजेदेखि सुरू हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् ।

    कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरूवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images