images
images
  • मलेसियाले पुरानै नीतिअनुसार नेपाली कामदार भर्ना गर्ने, सरकारको प्रस्ताव अस्वीकार

    काठमाडौं– मलेसियाले नेपालको प्रस्ताव अस्वीकार गर्दै पुरानै नीतिअनुसार सीमित म्यानपावर कम्पनीलाई मात्रै कामदार भर्नाको अनुमति दिएको छ । नेपालले इजाजत प्राप्त सबै म्यानपावर कम्पनीलाई मलेसियामा कामदार पठाउन दिन प्रस्ताव गरेको थियो ।

    मलेसियाको मानव संसाधन मन्त्रालयले पठाएको पत्रअनुसार २५ वटा मुख्य म्यानपावर कम्पनी र तिनको मातहतका १०-१० वटा सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने व्यवस्था कायम रहनेछ । जसअनुसार कुल १२५ वटा म्यानपावर कम्पनीले मात्रै मलेसियामा कामदार पठाउन पाउनेछन् ।

    नेपालले १ हजार ११४ वटा सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध गराउन आग्रह गरेको थियो ।

    प्रधानमन्त्री बालेन्द्र शाहको पहलबीच पनि मलेसियाले आफ्नो नीतिमा परिवर्तन गरेन ।

    सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, नियमन र लेखापरीक्षण सहज भन्दै मलेसियाले नेपालको प्रस्तावलाई घुमाउरो रुपमा अस्वीकार गरेको हो । श्रमिकका गुनासा तथा श्रमसम्बन्धी विवाद समाधान गर्न पनि पुरानै व्यवस्थाले मद्दत पुग्ने उसको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images